- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 14 December 2013

नाना रोदुङ्


            नाना रोदुङ् जीका केस्राहरु 

"चिहान " 

यसको निश्चित ठाऊँ हुदैँन 
- नाना रोदुङ्
खोटांग,हाल-इजराल 
मन दु:खेर कहिले रुदैँन

जीवनको अर्को अवशेष यो 
आफ्नो छातीलाई आँशुले धुदैँन

चिहानलाई मतलव हुदैँन 
यसलाई कुनै दर्दले छुदैँन

    "मृत्यु" 



सबैको प्रिय मान्छेलाई छान्छ
निर्दयीले टपक्क टिपी लान्छ

बाँच्नेलाई शोकाकुल बनाएर 
एक कल्कलाउँदो ज्यान खान्छ

मृत्युले असल व्यक्ति नै छान्छ 
एक पछि अर्को लिएर जान्छ 
०९-१२-२०१३

   "बम"

लौ एतै बम उतै बम
जनता मरे धमाधम

साँढै साँढा जुझ्दैछन् यहाँ
छैनन् है को भन्दा को कम

बाटो-घाटो सबैमा बम
मार्ने मराउँनेको दम
१८-११-२०१३

 “आवरणीयता” 

बाहिरी सुन्दरताको कुरा गर्छौ
त्यसैमा मोहित हुँदै आँखा तर्छौ

भन त्यहाँ के नै छ र ! त्यस्तो खास?
क्षणिक उन्मादको जालमा पर्छौ

भौतिक आकृतिको बयान गर्छौ
आवरणीयताको नजिक सर्छौ
०६-११-२०१३

No comments:

Post a Comment