- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 5 October 2013

मीना पुमा राई

मीना पुमा राई जीका केस्राहरु 
मीना पुमा राई
खोटांग,हाल-लेवनान 

"होसियार"

खै यो कस्तो सरकार
खोजी हिड्छ दरबार

बुद्ध भुमी नेपालमा
मचाएर अत्याचार

पञ्चरत्ने सरकार
अपना है होसियार
०९-०७-२०१३ 
[प्रयुक्त केस्रामा आठ लिपि चिन्हको प्रयोग गरिएकोछ । अनुप्रास शब्द >सरकार=मुख्य अनुप्रास "कार/बार/चार/यार हुन् ।यस संरचनालाई 'अल्पश्रुति अनुप्रास'भनिन्छ।] 

"विलाप"



अनायासै मन मेरो जल्दैछ
दिल भित्र भित्रै आगो बल्दैछ

चट्टान जस्तो मेरो मुटु पनि
समयसंगै सुस्तरी गल्दैछ

हजार सपनाहरु जल्दैछ
यो आस्थाको धरहरा ढल्दैछ।  
१८-०६-२०१३

"प्रतिज्ञा"

तिम्रो समिपै आउँछु
चन्द्रमा बनि छाउँछु

जुनि जुनि भरीलाई
नछुट्ने मायाँ लाउँछु

हो प्रिय ! पक्कै आउँछु
घरजमै बसाउँछु ।
११-०६-२०१३

“घर" 

उजाडिए पछि बस्ने घर
कठै भन्ने अब कोनै छ'र

चौतारीको सितल नै मीठो
पिपलुलाई साहारा बर

मिल्दैन खुशी नभए घर
अर्थहिन हुन्छ नहुँदा भर। 
०१-०५-२०१३
[प्रयुक्त केस्राको छैटौ हरफमा एघार लिपि चिन्ह भएता पनि उक्त हरफमा स्वर वर्ण 'अ' को गणना गरिएको छैन।यसर्थ समग्रमा केस्राको प्रत्येक हरफहरुमा समान दश लिपि चिन्हको मान्यतामा लेखिएको छ। अनुप्रास  " छ'र"'  शब्द/अक्षर परस्पर  हुने भएकोले  "समग्रमा यहाँ प्रयोग भएको अनुप्रासलाई 'आश्रित अनुप्रास'भनिन्छ ।
[मीना पुमा राई जीको अघिल्लो प्रकाशित केस्रा अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]

No comments:

Post a Comment