- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 20 April 2013

केशर सुब्बा

      केशर सुब्बा जीका केस्राहरु 
- केशर सुब्बा
पाँचथर,हाल-मलेसिया 

"विडम्बना"

खोज्दै छु एउटा छुटेको साथी
दिए थ्यो पईचो माना र पाथी

गोरेटो यौटै लक्ष्य भो फरक
भए कि कतै उनी शरणार्थी

चहारें धेरै जो असल साथी
इज्जत उसको थ्यो धेरै माथी
०७-०३-२०१३

"गुनासो " 



गरेनौ कुरा दिलै खोलेर
बितायौ मौका जे जे बोलेर

अमुल्य मायाँको सागर भित्र
आपती पार्यौ मुटु पोलेर

भनेनौ सबै कुरा खोलेर
पिलायौ विष आशा घोलेर
०४-०३-२०१३

"मन "

यो मन त्यता नै ढल्क्यो
संधै तिमीसंग पल्क्यो

एकै छिन नबोल्दा पनि
छाती भित्र आगो सल्क्यो

साँच्चै मन उतै ढल्क्यो
लाग्छ साँचो मायाँ टल्क्यो
०३-०३-२०१३

"बैगुनी" 

कोपिला फूल झारेर
के पायौ मायाँ मारेर

दिएँ थें सारा सर्वस्व
आफन्त एक्लो पारेर

कलिलो फूल झारेर
गयौ पाईला सारेर
१४-०२-२०१३

"स्वार्थ" 

गयौ मीठो आशा दिएर
मनको खबर लिएर

तड्पिदा तिम्रो ति यादले
जिउदै छु नशा पिएर

झूटो त्यो सपना दिएर
झिनो भो यो ज्यान खिएर
१५-०२-२०१३